भाद्र २०, २०७२- गत सोमबार दिउँसो जिविस पर्साको गेट अगाडि ‘भुजा पकौडी’ नास्ता खाइरहेका थिए दिलीप चौरसिया। चिनी मिल कारखाना अगाडि सञ्चालनमा रहेको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययनरत २२ वर्षीय चौरसिया ट्युसन पढेर खाजा खाँदै थिए।
आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुंगा बर्साउन थाले। पसलहरू धमाधम बन्द गरियो। केही समय अघिसम्म शान्त रहेको क्षेत्रमा कर्फ्यु लागेपछि तनावग्रस्त बन्यो।
स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले चलाएको गोली लागेर चौरसिया सडक खण्डमा ढले। उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा साँझ उनको मृत्यु भएको थियो। वीरगन्ज २५ मनियारी जगरनाथपुरका स्थायी बासिन्दा चौरसिया कलेज नजिक कोठा भाडा लिएर बस्दै आएका थिए।
डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत उनको लक्ष्य सिभिल इन्जिनियर बन्ने थियो। दिलीपका दाइ पृथ्वीनाथ चौरसिया भन्छन्, ‘थप अध्ययनका लागि भारतको बैंग्लोरमा भर्ना गर्ने योजना थियो।’ शनिबार दिलीपको शवयात्रामा सहभागी उनले भाइको भर्नाका लागि रकमको जोहो र कलेजमा पत्राचार पनि गरिसकिएको सुनाए। परिवारमा सबैभन्दा कान्छो दिलीप अध्ययनशील रहेकाले उनकै चाहनाअनुसार सदरमुकाममा राखेर पढाइरहेका थियौं।
‘भाइको सपना अधुरै रह्यो,’ आँसु झार्दै उनले भने, ‘हामी ५ भाइमध्ये ऊ कान्छो हो।’ पछिल्लोपटक गत शनिबार रक्षाबन्धनका दिन भाइ घर आएको थियो, त्यो नै अन्तिम रहेछ,’ पृथ्वीनाथले सुनाए। सामाजिक सञ्जाल फेसबुकमा गितार बजाएको प्रोफाइल तस्बिर राखेका चौरसिया मिलनसार थिए।
‘उनी अध्ययनमा पनि राम्रो विद्यार्थीका रूपमा परिचित थिए,’ शवयात्रामा सहभागी चौरसियाका समकक्षीले भने। उनीसँगै वीरगन्जमा ज्यान गुमाएका अन्य ४ जनाको पनि शनिबार शवयात्रा निकालिएको थियो। सोमबार र मंगलबार सुरक्षाकर्मीको गोली लागी ५ को मृत्यु भएको थियो।
वीरगन्ज २५ मनियारीका २५ वर्षीय धर्मराज सिंह, बारा प्रसौनी नौतनका दीनानाथ साह, नौतनकै जयप्रकाश साह तेली र वीरगन्ज १९ निवासी सोहन साहको मृत्यु भएको थियो। वीरगन्जको राधेमाई क्षेत्रमा गोली लागी मरेका धर्मराज सिंह सशस्त्र प्रहरी बलका पूर्वजवान हुन्। २ महिना अघिमात्र उनले राजीनामा दिएका थिए। सीमा सुरक्षा बल पर्सामा दरबन्दी हुँदा सिंहले राजीनामा दिएका थिए।
नगवामा मंगलबार अपराह्न गोली लागी ज्यान गुमाएका २४ वर्षीय सोहनले वीरगन्जस्थित आर्मी ब्यारेक पछाडि चिया र नास्ता पसल चलाउँदै आएका थिए। वीरगन्ज १८ लक्ष्मनवा क्षेत्रमा ज्यान गुमाएका बारा नौतनका दीनानाथ र जयप्रकाश मिल्ने साथी थिए। २५ वर्षीय दीनानाथ नारायणी यातायात व्यवस्था कार्यालय अगाडि ड्राइभिङ सेन्टरमा लेखनदासको काम गर्थे।
जयप्रकाश जगदम्बा ग्यासमा कार्यरत थिए। मृतकलाई सहिद घोषणा, आश्रित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचार गराउन स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने जिल्ला शान्ति समितिले शुक्रबार निर्णय गरेपछि ६ दिनपछि शनिबार शव अस्पतालबाट उठेको हो। शवयात्रामा बारा, पर्साका हजारौंको सहभागिता थियो।
यसैबीच, गोली लागी वीरगन्जमा ज्यान गुमाएका ५ जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट बिहान करिब ११ बजे निस्किेको शवयात्रा यहाँको घन्टाघर, नगवा, बाराको नौतन, पर्साको मनियारी, जगरनाथपुर हुँदै अलौं परिक्रमा गरी विन्दवासनीस्थित तिलावे नदीमा साँझ साढे ७ बजेको समयमा अन्त्येष्टि गरिएको हो। शवयात्रामा महिलासहित हजारौंको सहभागिता रहेको थियो।
शवलाई प्रत्येक मृतकको गाउँ/घर हुँदै परिक्रममा गराइएको थियो। शवयात्राका लागि स्थानीय प्रशासनले बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म कर्फ्यु हटाएको थियो। गत सोमबार ४ बजेदेखि वीरगन्जमा अनिश्चित कर्फ्यु लगाइएको छkantipur.ekantipur.com

(एजेन्सी) शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ्य र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।
सिमी–गेडागुडी
गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।
फ्याट– फ्रि डेरी
फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।
गहुँ
गहुँमा फाइबर धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।
गोलभेडा
विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।
सखरखण्डा
यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।
बदाम
ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ ।
हरियो सागपात
इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।
बेल पेपर
यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।
च्याउ
च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भन्टा
यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।

बेंसीशहर : लमजुङको सुन्दरबजार नगरपालिका–१३ कुन्छास्थित शान्ति उच्च माध्यामिक विद्यालयमा शुक्रबार मध्यरातमा आगो लगाइएको छ ।
अज्ञात समुहले शुक्रबार राति १२ बजे बिद्यालयमा आगजनी गरेको हो । ‘ दिउँसो विद्यालयको प्रथम चौमासिक परीक्षा चलेको थियो’, विद्यालयका प्राचार्य नारायण गिरीले भने, ‘राति एक्कासी आवाज आएपछि हेर्न जाँदा विद्यालय आगोले बलिरहेको थियो । ’
विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि विहान प्रहरीको टोलीले निरीक्षण गर्दा कक्षा ९ को झ्यालको रड काटेर आगो लगाएको भेटिएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।
आगजनीबाट विद्यालयको प्रशासन, किचन, लाईब्रेरीसहित चारवटा कोठा पूर्णरुपमा जलेका छन् ।
घटनाको तीन घण्टापछि स्थानीयबासीले निभाएर विद्यालय थप क्षति हुनबाट जोगाएका थिए । आगजनीबाट विद्यालयका २० थान कम्प्युटर, टेबल, दराज र कुर्सी लगायत सामाग्री नष्ट भएको प्रचार्य गिरीले बताए ।
आगजनीबाट बिद्यालयमा एक करोड २० लाखको क्षति भएको उनले जानकारी दिए । घटनाको अनुसन्धान थालिएपनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक थापाले बताए ।
लमजुङको पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमावि २००९ सालदेखि सञ्चालनमा आएको थियो । सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । www.annapurnapost.com

इलाम (श्रीअन्तु) : इलामको श्रीअन्तु गाउँ विकास समितिस्थित श्रीबुङ गाउँमा श्रीमतीकोे किरिया बसेका श्रीमान्सहित तीनजनाको निसासिएर मृत्यु भएको छ ।
किरिया बसेकाहरुको मृत्यु भएपछि गाउँलेमा शोकमाथि शोक थपिएको छ । श्रीअन्तु गाविस–६ मा जेनेरेटरको धुवाँले निसासिएर तीनजनाको मृत्यु भएपछि दिनभर गाउँलेका आँखामा आँसु थामिएन ।
श्रीबुङमा श्रीमति जोतिमाया तामाङको किरिया बसेका ४५ वर्षीय लगन तामाड., सोही गाउँका १८ वर्षीय नितेश मगर र पशुपतिनगर निवासी ६० वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।
उनीहरु तीनैजना शनिबार बिहान घरको कोठामा बेहोस भेटिएपछि उपचारका लागि फिक्कल ल्याइएको थियो । फिक्कल ल्याएपछि डाक्टरले उनीहरुलाई मृत घोषित गरे ।
किरिया बसेको ठाउँमा रहेका तीनैजना त्यही कोठामा राखिएको जेनेरेटर चलाएपछि धुवाँले निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पदम थपलियाले बताए ।
लमनकी श्रीमती ज्योतिमाया तामाङको दुई हप्ताअघि मृत्यु भएपछि तामाङ संस्कारअनुसार घेवा भइरहेको थियो । आइतबार घेवाको अन्तिम दिन मूलकर्म सम्पन्न गर्नु केही दिन अघिदेखि नै लामा पढाउने काम भइरहेको थियो ।
शुक्रबार राति पनि लामा पढाउन बिजुली नहुँदा जेनेरेटर चलाइएको थियो । पानी परेकाले घरको कोठामै राखेर जेनेरेटर चलाइएको थियो ।
त्यही कोठाका सबै दैला र झ्याल लगाएर तीनजना सुतेको निकेशका बुबा टेकबहादुर मगरले बताए । ‘बत्ती बाल्ने भनेर जेनेरेटर स्टार्ट गरेर सुतेछन्’, उनले भने, ‘कोठाभित्र हावा छिर्ने ठाउँ भएनछ, निदाएपछि निसास्सिएको थाहै नपाइ राति नै सकिएछन् ।’
लमनका कान्छा छोरा प्रितमका अनुसार बिहान ढिलासम्म नउठेका उनीहरुलाई बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा सबैजना अचेत अवस्थामा थिए ।
फिक्कलको प्रसिद्ध हस्पिटलका डा. आश्विनीकुमार रञ्जनका अनुसार जेनेरेटरले कार्वनडाई अक्साईड फाल्दा कोठामा अक्सिजन अभावमा श्वास फेर्न गाह्रो भएर मृत्यु भएको हुन सक्छ ।
शवलाई फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा शनिबारै पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
आइतबारदेखि उनीहरुको पनि घेवा शुरु गरिने आफन्तजनले बताए । मृतक लमनका दुई छोरा र दुई छोरी छन् भने निकेशका बाबुआमा र दुईजना बहिनी छन् । annapurnapost.com

(एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ ।
४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।

काठमाडौँ । के तपाई कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् । यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू
चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।
तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २(४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।
गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।
दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।
जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।
दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।
ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी(अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।
जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।
चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी(अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।
बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।
स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी(अक्सिडेन्ट पाइन्छ ।

पातलो शरीर छिनेको कम्मर भएकी युुवतीले जो कोहि युवालाई पनि सजिलै आकर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । “इभोलुुसनरी फिटनेस” नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।
पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ साह्रै मन पर्छन् ।
इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनुसन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इन्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन सम्बन्धी रोग लाग्ने कम सम्भावना हुन्छ । युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ । मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पुरुषहरुको तुलनामा उनीहरुमा मधुमेह, हृदयधात तथा प्रजनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् । आर्कषक देखिने लोभमा अत्ति पातलो शरीर बनाउनुभने प्राणघातक हुन सक्ने विज्ञहरु बताउँछन् ।www.ratopati.com

काठमाडौं, १९ भदौ । आज भन्दा करिब २० वर्ष पहिले सुनिता दौनवर नाम की महिलाले करिब पाँच महिनासम्म जून क्रूरता भोग्नुपर्यो त्यो संसारमै अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।
मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।
सुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन् ।
– एजेन्सीको सहयोगमा
dainiknepal.com
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।
सुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन् ।
– एजेन्सीको सहयोगमा
dainiknepal.com
वीरगन्ज : वीरगन्जको नगवामा रहेको इलाका प्रहरी कार्यालयमा शनिवार दिउँसो स्थानीयवासीको एक समुहले आगजनी गरेको छ।
करिब २०/२५ जनाको संख्यामा रहेका स्थानीयवासीको समुहले इलाका प्रहरी कार्यालयमा आगजनी गरेका हुन्। आगजनीबाट प्रहरी कार्यालयमा रहेका भवन , फर्निचर , कागजपत्रका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षलय जलेर ध्वस्त भएको छ।
वीरगन्जमा गत सोमबार र मंगलवार भएको झडपपछि असुरक्षाका कारण इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरीहरुलाई चार दिन पहिले नै जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता बोलाइएको थियो।
आगजनीका कारण प्रहरी कार्यालय जलेर ध्वस्त भएपनि पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले भने प्रहरी कार्यालयमा आगजनी नभएको बताएका छन् ।
केहि व्याक्तिले आगो लगाउने प्रयास गरेपनि प्रहरीले उनीहरुलाइ धपाएको प्रहरी उपरिक्षक लोहनीले बताए ।
यस्तै वीरगन्जको पावर हाउस चोकमा रहेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको बिट पनि शनिवार दिउँसो स्थानीय युवाहरुको समुहले तोडफोड गरेर भत्काइ दिएको छ ।
annapurnapost.com

एजेन्सी । रक्षा धागो बाध्न आएका एक युवकले बहिनीको सिउँदोमा सिन्दुर हालेका छन् ।
रक्षा धागो बाध्ने वहानामा थाना क्षेत्रको एक इन्टर कलेजमा विद्यालय समयको प्रेममा पागल भएका पुराना छात्रले विद्यालयमा १० कक्षामा पढ्दै आएकी एक छात्राको सिउँदोमा सिन्दूर भरिदिएका छन् । र छात्रालाई पत्नी बनाउने धम्की दिँदै कलेजबाट फरार भएका छन् ।
रक्षा बन्धनका दिन आरोपीले छात्रालाई बहिनीको साइनो लगाउँदै उनीबाट राखी बाध्ने बहाना बनाएर कलेजभित्र छिरेका थिए । विद्यार्थी र शिक्षकहरुले आरोपीलाई समात्ने प्रयास गरेपनि सफलता मिलेन् । आरोपीविरुद्ध कारवाहीको मांग गर्दै पीडित छात्राका परिवार र प्रधानाध्यापकले पुलिस चौकीमा मुद्दा हालेका छन् ।
गाउँ मुरलीवालाका एक छात्र गएको वर्ष सम्बन्धित कलेजमा ११ कक्षमा पढ्थे । परीक्षामा फेल भएपछि उनले कलेज छाडिदिए । जब त्यहाँ पढ्थे, तब उनको प्रेमसम्बन्ध छिमेकी गाउँकी तल्लो कलासकी छात्रासँग भयो ।
पूरानो प्रेम उनी परीक्षामा फेल भएपनि टुट्यो । आरोप छ कि शुक्रवार दिउँसो चौकीदारलाई बहिनीलाई रक्षा धागो लगाइमाग्न जान लागेको भन्दै छात्राको कक्षाभित्र प्रवेश गरे । त्यती बेला कलास चलिरहेको थियो ।
त्यसैबेला उनले छात्राको सिउँदोमा सिन्दूर भरिदिए । आरोपी छात्रले आफूसँगै राखी पनि बोकेर ल्याएका थिए ताकि कोही पनि उनीमाथि शंका नगरोस् । प्रहरीका एसपी सत्पाल सिंहले घटनाको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

रामचन्द्र नेपाल
क्वालालम्पुर । जिम्मेवार निकायमा वस्नेहरुले गरेका सानो गल्तीका कारण विदेशमा वस्ने धेरै नेपालीहरुले दुःख पाईरहेका छन् । कमाउन भनेर हिडेकाहरुको रोजरोटी नै खोसिने होकि भन्ने अवस्था आएको छ । के सरकारी कर्मचारीले गरेका लार्पवाही आम नागरिकले भोग्नु नै पर्ने हो त ? या पीडितहरुलाई क्षतिपूर्तिको ब्यवस्था हुनुपर्ने हो यसकोबारेमा गहिरिएर सोच्नुपर्ने भएको छ ।
सरकारी कर्मचारीले गरेको सानो गल्तीका कारण मलेसियामा सल्यान कि लक्ष्मी वुढाथोकी र पाल्पाका डुमवहादुर दर्लामीले निकै दुःख पाए । परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाले गरेको सानो गल्तीले गर्दा मलेसियामा उनीहरुलाई निकै दुःख भएको छ । दुवैजनाको पासपोर्टमा देखिएको एक शब्दको गल्तीले मलेसियामा उनीहरुको नोकरी नै टुट्ने हो कि भन्ने अवस्था आएको छ ।
पढालेखा नभए कि लक्ष्मी बुढाथोकीलाई यतिवेला मलेसियामा निकै समस्या भएको छ । काभ्रा घर भएकी लक्ष्मीले वैदेशिक रोजगारीका जानको लागि गएको डिसेम्वर महिनामा पासपोर्ट वनाइन् । गएको साउन २२ गते इपोमा रहेको चोङ सेङ सी फुड कम्पनीमा उनी मलेसिया आईन् । लक्ष्मी त मलेसिया आईन् तर नेपालमा रहेका संम्वन्धित निकायहरुको अवस्था हेर्दा कतिसम्म निरिह छन् जस्तो लाग्छ । देश यसरी पनि चलिरहेको छ भन्ने भान हुन्छ ।
रोजगारीमा आउनु अगाडि धेरै प्रक्रिया पुरा गर्नुपर्छ । मेनपावरदेखि स्वास्थ्य संस्था इन्सोरेन्सदेखि, अभिमुखीकरण तालिम, श्रम स्विकृतिदेखि अध्यागमन विभागसम्म । तर लक्ष्मी स्वयं र उनको पासपोर्ट हेर्ने विभिन्न निकायहरु कसैले पनि ध्यान नदिदा उनी सजिलै मलेसिया आइन् । आफू महिला भएर पनि पासपोर्टको आधारमा पुरुष बनेर उनी सजिलै मलेसिया आईन् । पासपोर्टमा लेखिनु पर्ने शब्द -एफ) थियो तर पासपोर्टमा (एम) भए पनि सजिलै मलेसिया आईन् । यतिवेला भने यहि शक्दले गर्दा उनले रोजगारी गुम्ने अवस्थाको सृजना भएको छ ।
मलेसियामा कम्पनीको भिसा लगाउनको लागि मेडिकल गर्न कम्पनी साहुले मेडिकल गर्न लैजादा आफनो पासपोर्टमा गल्ती देखिएकोले समस्या भएको उनले वनाईन् । सवैको मेडिकल भयो मेरो पासपोर्टमा गल्ती देखियो भनेर गरेको छैन । अरुको भिसा लाग्नेबेला भयो मेरो अझै केहि भएको छैन । निकै निरास मुद्रामा रहेकी लक्ष्मीले भनिन्, ‘यत्तिकै घर फर्कुँ भने त्यत्रो ऋण गरेर आएकी छु, मेरो त विजोगै हुनेभो ।’
नेपाली दूतावास मलेसियाले एमआरपी पासपोर्टमा सच्याउन नमिल्ने भन्दै अर्काे नयाँ पासपोर्ट वनाउन अनुरोध गरेअनुसार उनले नयाँ पासपोर्टको लागि र्फम भरेकी छिन् । दूतावास श्रोत भन्छ कहिले काँही गल्ती हुन्छ अर्काे पासपोर्ट नआउदा सम्मको यहि पासपोर्टलाई आधार वनाएर अगाडि वढ्ने प्रक्रियाको लागि पत्र लेख्न मिल्छ ।
पाल्पा सिद्धेश्वरका डुमवहादुर दर्लामको पनि समस्या उस्तै छ । तर लक्ष्मीको जस्तो जटिल हैन । दर्लामी मलेसिया आएको सात वर्ष पुरा भयो । क्वालालम्पुर नजिकै रहेको सिमोनियाको एक कम्पनीमा फेक्ट्री वर्करको रुपमा कार्यरत छन् उनी । कमाई पनि राम्रै छ । आउँदो सेक्टेम्वर २९ मा उनको भिसाको म्याद सकिदैछ । ‘अव २४ दिन मात्रै छ, नोकरी रहला कि नरहला भन्नेे चिन्ताले सताएको छ’, उनले भने ।
पाल्पा जिल्लावाट २००८मा लिएको राहदानीमा डुमवहादुर दलार्मी उल्लेख छ भने हाल २०१४ मा वनाएको मेशिनरी पासपोर्टमा पोमबहादुर दर्लामी छ । नामको अगाडिको एउटा मात्र शब्द पुरानेामा (डी) र नयाँ वनेको पासपोर्टमा (पी) मात्रैको फरकले गर्दा उनले निकै दुःख पाईरहेका छन् ।
‘कम्पनी साहुले मेरो पासपोर्टमा भिसा लगाउन लग्यो तेरो नाम नै फरक परेको छ जा वनाएर ल्याइज भनेर पासपोर्ट हातमा दिएर पठायो मत जिल्लै परेँ’ दूतावासमा भेटिएका उनले भने, ‘पत्र वनाईदिन्छु भनेर भन्नुभएको छ सायद हुन्छ कि ?’ मलेसियामा कमाएको पैसा जति श्रीमतीको उपचारमा खर्च भएको दुखेसो पोख्दै उनले फेरि अर्को समस्याले सताएको बताए ।
लक्ष्मी र डुम र प्रतिनिधि पात्र मात्र हुन् । सरकारी निकायको सानो लापर्वाही र आफूले पनि राम्ररी पासपोर्ट नहेर्दा धेरै नेपालीहरुले यसरी नै दुःख पाइरहेका छन् । यसको दोष सरकारी निकायले लिने कि नागरिकले ?
www.onlinekhabar.com

पर्वत : जिल्ला टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् ।
बागलुङ टुक्राएको विरोधमा नागरिकहरु सडकमा सुतेर विरोध प्रर्दशन गरेका हन् । बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिशिचतकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला र पुरुष बागलुङ बजारको सडकमा सुतेका थिए । लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा सुतेका हुन् ।
‘समग्र बागलुङ’ लाई प्रदेश नं. ४ मा राख्न माग गर्दै कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र पत्रकार महासंघ लगायतका संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।
‘बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड टाँसेर उनीहरु पल्टिएका थिए ।
निरन्तरको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले सवारी साधन संचालन भएका छैनन् । बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे र बुर्तिवाङ लगायतका बजार बन्द छन् ।
बन्दले शैक्षिक संस्था, उद्योग र कलकारखाना पनि ठप्प छन् । दुई साता भन्दा बढी शैक्षिक संस्थाहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
उता टुक्राउने निर्णय सच्चाउन माग गर्दै बागलुङसहित धौलागिरीका १७ जना सभासदले पनि दबाब दिँदै आएका छन् । यसअघि आन्दोलनकारीले शुक्रवार अर्धनग्न जुलुस र बिहीबार साङ्ले जुलुस लगायतका बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
www.annapurnapost.com

मन्थली: रामेछापमा एन्फ्ल्युन्जा ‘ए’ (एचवानएनवान) भाइरसबाट संक्रमित दुईजना विरामी भेटिएका छन् । स्थानीय अस्पतालहरुमा स्वास्थ्य जाँचका लागि आएकामध्ये दुर्इजना स्वाइन फ्लूबाट संक्रमित भएको पाइएको हो ।
उच्च ज्वरोबाट ग्रस्त भएर उपचार गराउन जिल्ला अस्पताल मन्थली आइपुगेका विरामीमा स्वाई फ्लूको लक्षण देखापरेको हो ।
उपचारका लागि जिल्ला अस्पताल मन्थली आएकामध्ये आठजनाको रगत काठमाडौंस्थित टेकु अस्पतालमा परीक्षण गराउँदा दुईजनामा स्वाइन फ्लूको संक्रमण पोजेटिभ भएको प्रमाणित भएको हो ।
एक सातादेखि ज्वरोको महामारी भएपछि उनीहरुको रगत परीक्षण थालिएको जिल्ला अस्पताल मन्थलीले जनाएको छ ।
अस्तालमा भर्ना हुन आएका विमारीको रगत, खकार दिशा र पिसाव जाँच गर्दापनि रोगको वास्तविक लक्षण पत्ता नलागेपछि उनीहरुको रगत परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो ।
टेकु अस्पतालमा रगत परीक्षण गर्दा स्वाइन फ्लूको संक्रमण पोजेटिभ पाइएको मन्थली अस्पताल तथा विश्व स्वास्थ्य संगठनका डा. सुवास न्यौपानेले बताए ।
उनका अनुसार मन्थली अस्पताल तामाकोसी सहकारी अस्पताल र अन्य प्राथमिक स्वास्थ्य चौकीमा उपचार गराइरहेकामा यस्तो संक्रमण पाइएको हो ।
स्वाइन फ्लूको परीक्षण र नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनकै अर्का डाक्टर सुवास पाठकसहितको टोली जुटेको छ ।
चिकित्सकहरुले स्वाईन फ्लू संक्रमितहरुको कडा निगरानी गरी विशेष अनुसन्धान थालेका छन् ।
विमारीहरुमा कडा ज्वरो आउने, खोकी लाग्ने र थरथर काम्नेजस्ता लक्षणहरु देखापरेका छन् । यस्तो लक्षण देखापरेका विमारीहरुको जिल्ला अस्पलातमा विशेष निगरानीमा उपचार थालिएको छ ।
जिल्लामा अनौठो र कडा किसिमको ज्वरोसँगै एचवानएनवान एन्फुल्एन्जाको संक्रमण देखापरेपछि सर्वसाधरण त्रसित भएका छन् । उनीहरुले एचवानएनवान एन्फुल्एन्जा स्वाइनफुलु भएको आशंका गरेका छन् ।
लगातारको वर्षासँगै भुकम्प पीडितहरु दुषित पानी पिउने, चिसो ठाउँमा बस्ने र अस्वस्थ खानेकुरा खानुपर्ने बाध्यताका कारण ज्वरोको माहमारी फैलँदै गएको छ । annapurnapost.com