बन्दले हजारौं सर्वसाधरणलाई सास्ती
धरान : हिन्दु राज्यको माग गर्दै सनातन हिन्दु राष्ट्र संर्घष समितिको पूर्वाञ्चल बन्दका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बनेको छ ।
१५ दिन अघिदेखि सुनसरीको इटहरी केन्द्र बनाएर हिन्दु राज्यको माग गर्दै आन्दोलन थालेको संर्घष समितिले सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै पूर्वाञ्चल बन्द गरेको हो ।
सनातन हिन्दु राष्ट्र संर्घष समितिले गरेको बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, उदयपुर, सप्तरी र सिराहा लगायतका जिल्लामा यात्रु बस चल्न सकेका छैनन् ।
बन्दका कारण कलकारखाना, शैषिक संस्थासमेत ठप्प भएका छन् । बन्दकर्ताहरुले सडकमा निस्केर सवारी साधन र बजार खुलाउन दिएका छैनन् । बन्दका कारण पूर्वी नेपालका धरान, विराटनगर, इटहरी, तरहरा, झुम्का, इनरुवा, विराटचोक, बेलवारी, दमक, विर्तामोड, काकडभिट्टा, इलाम, फिदिम, र धनकुटा लगायतका मुख्य बजार सुनसान छन् । बन्दले गन्तव्यमा हिँडेका हजारौ सर्बसाधारण बाटोमै अलपत्र छन् ।
हिन्दु राज्य प्राप्तिको आन्दोलनलाई इटहरीका डिएसपी विनोद शर्माले धरपकड गरी आक्रमण गरेपछि हिन्दु राज्य प्राप्तिको आन्दोलनलाई सशक्त पार्न बन्द हड्तालमा उत्रनु परेको आन्दोलनका अगुवा राजेन्द्र पोखरेलले बताए ।
विभिन्न जिल्लाबाट आएका हिन्दु धर्मगुरुहरुले इटहरीलाई केन्द्र बनाएर आन्दोलन सुरु गरेपछि स्थानीयले सर्मथन जनाएका छन् । त्यही कारण हिन्दु आन्दोलन कडा बन्दै गएको हो ।
सरकारले नेपाललाई सनातन हिन्दु राज्य घोषणा नगरुन्जेल आन्दोलनलाई जारी राख्ने चेतावनी आन्दोलनकारीले दिएका छन् । बन्दमा अप्रिय घटना हुन नदिन पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले १६ वटै जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
annapurnapost.com

भोजपुर : भोजपुरमा एसएलसीको पूरक परीक्षा दिँदादिँदै एक परीक्षार्थीले छोरो जन्माएकी छिन् ।
सदरमुकामस्थित यशोधरा उच्च माध्यमिक विद्यालय टक्सार परीक्षा केन्द्रमा गणित विषयको परीक्षा दिँदादिँदै जनोदय उच्च मावि कोटकी मिना शेर्पाले शुक्रबार विहान छोरो जन्माएकी हुन् ।
उत्तरपुस्तिकामा लेख्नमात्रै शुरु गरेकी शेर्पालाई सुत्केरी व्यथाले च्पापेपछि परीक्षा हल बाहिर निकालिएको थियो ।
उनले परीक्षा केन्द्र प्राङ्गणमै शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको शेर्पाको परिवारले जनाएको छ ।www.annapurnapost.com

केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्याउँछ। करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज। केराका केहि फाइदाहरु यसप्रकार छन् :
* केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।
* अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।
*यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।
*गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।
*केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।
*तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
*यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।
*केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
*यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

आजको पंचांग
वि.सं.२०७२ साल श्रावण २२ गते बिहिबार,
इ स २०१५ अगष्ट ७ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको अष्टमी तिथि रात्री १०:३८ बजेसम्म उपरान्त नवमी,
भरणी नक्षत्र रात्री ११:२० बजेसम्म उपरान्त कृत्तिका,
गण्ड योग साँझ ०५:३३ बजेसम्म उपरान्त वृद्धि,
बालब करण दिवा ११:३७ बजेसम्म कौलब रात्री १०:३८ बजेसम्म उप्रान्त तैतिल,
आनन्दादियोगमा मुद्गर योग,
चन्द्रमा मेष राशिमा,
काठमाडौंमा सूर्योदय ५:३० बजे, सूर्यास्त ६:४५ बजे,
दिनमान ३३ घडी १२ पला
राहुकाल बिहान १०:२९ देखि १२:०९ बजेसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम गरे अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम
समय रहेको छ,आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आर्थिक नोक्सानी संगै झुटा आरोपहरु आइलाग्न सक्ने समय छ,चोटपटकको भय देखिन्छ, लेनदेनमा बिबाद उत्पन्न हुन सक्छ, आखा र कान सम्बन्धि समस्या आउने सम्भावना छ,उपलब्धि मुलक यात्रा हुन सक्ने देखिन्छ,बैदेशिक यात्रामा भने झन्झट आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ग. गणपतये नम: यो मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक
भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिशेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा मनग्य लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धर्म कर्ममा आजको दिन बित्नेछ,तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र १२ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रणय सुत्र आज निकै दरिलो रहनेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामकोलागि समय बिशेषरुपमा सफल साबित हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो छलांग मार्न सकिनेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुपर्ला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कममा सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनमा अनेक प्रकारको खराब बिचारले साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ, नया कामको थालनी गरिनेछ,माया पिरताका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो सुन्नमा र समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।

जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।
कहाँ हुन्छ भाग्य रेखा ?
तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ ।
कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ

मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ ।
उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालको आदेश छ । जून फैसला गरेको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । तर, हत्याको अभियोग लागेका उमेशलाई बचाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमतिको प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ ।
यसले उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् ।
केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन । ‘जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’
source dainiknepal.com

काठमाडौँ, २१ साउन । आज साँझ ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।www.etajakhabar.com

अहिलेसम्मकै स्थापित मान्यता के छ भने मसलेदार, पिरो अर्थात् स्पाइसी खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुन्छ र यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्ताउँछ ।
तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले भने यसलाई मिथ्या सावित गर्दै स्पाइसी खानेकुराले उल्टै मानिसलाई स्वस्थ राख्न तथा अकाल मृत्युबाट जोगाउन सहयोग पूराउने देखाएको छ ।
चीनमा गरिएको एक विस्तृत अध्ययन अनुसार दैनिक रुपमा मसलेदार पिरो खानेकुरा सेवन गर्ने मानिसमा अल्पायु मरणको जोखिम कम देखिएको छ ।
४ लाख ८७ हजार ३७५ जना व्यक्तिमा ७ वर्षसम्म अध्ययन गरिएको थियो । उक्त अवधिमा ती मध्ये २० हजार २२४ जनाको ज्यान गएको थियो ।
उक्त नतिजालाई मानिसहरुको उमेर तथा अन्य सम्भावित तत्वहरुसँग समायोजन गर्दा के पाइयो भने हप्तामा कम्तिमा पनि ६-७ पटक खुर्सानी वा खुर्सानीजन्य अन्य पदार्थहरु सेवन गर्ने मानिसहरुमा मृत्युको जोखिम पिरो खानेकुरा विरलै सेवन गर्नेमा भन्दा १४ प्रतिशत कम हुने गरेको छ ।
बि्रटिस मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार क्यान्सर, मुटुरोग तथा स्वासप्रस्वासजन्य रोगका कारण हुने मृत्यु न्यूनिकरणमा समेत पिरो खानेकुराको सकारात्मक प्रभाव देखिएको छ ।
तर कतिपय विज्ञहरुले भने मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेर मानिसको आयु वृद्धि गर्ने भूमिका खुर्सानीको हो वा खुर्सानी मिसाइएका खानेकुराले खेलेका हुन् त्यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएका छन् । खुर्सानी सेवन गर्ने धेरैजसो मानिसहरु ग्रामीण क्षेत्रका रहेकाले ती मानिसहरुको जिवनशैली तथा अन्य स्वस्थ खानपानका कारणले आयु लम्बिएको हुनसक्ने र त्यसको जस खुर्सानीले पाएको हुनसक्ने लख समेत कतिपयले काटेका छन् ।
तथापि चिनिया शोधकर्ताहरुले भने पिरो खानेकुराले मानिसको स्वास्थ्यमा सकारात्मक फाइदा पूराउने तर यस्तो फाइदा केवल मध्यपान नगर्ने मानिसलाई मात्र हुने दाबी गरेका छन् । अझ खुर्सानी सेवनको फाइदा पुरुषमा भन्दा महिलामा बढि हुने दाबी उनीहरुको छ ।
www.onlinekhabar.com

भैरहवा : रुपन्देहीको खड्वा बनगाई–९ सिसैटोल निवासी २५ वर्षीया मालती मल्लाहले एकै प्रसव व्यथामा बिहीबार तिम्ल्याहा छोरी जन्माएकी छन् ।
युसिएमएस शिक्षण अस्पताल भैरहवामा अप्रेशन नगरी जन्मेका तीनै शिशुको स्वास्थ्य राम्रो रहेको अस्पतालका जनसम्पर्क प्रमुख सुशील गुरुङले जानकारी दिए ।
विहान ९ बजेर २४, ४४ र ४६ मिनेटाम पुण स्वस्थ शिशु जन्मेका उनले बताए । पहिला जन्मेकी शिशुको तौल एक किलो ६७० ग्राम, दोस्रोको एक किलो ६२० ग्राम र तेस्रोको एक किलो ३७० ग्राम छ ।
सुत्केरी आमाले खानपिन, हिँड्डुल गरिरहेकी सासु कुश्मा मल्लाहले जानकारी दिइन् ।
अस्पतालका प्रसुति स्त्री तथा प्रसुति विभागीय प्रमुख प्रा.डा. शिवजी मिश्रा, डा. निलम सुवेदीको नेतृत्वमा नर्स पद्मा खनाल, सुमित्रा केसी संलग्न थिए । मालतीलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कान्दाहार (अफगानिस्तान), २१ साउन । दक्षिणी अफगानिस्तानमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हँुदा त्यसमा सवार १२ सैनिकसहित १७ जनाको ज्यान गएको छ ।
गएको डिसेम्बर महिनामा नेटो सैनिकले अफगानिस्तानको मिसन पूरा गरी फर्किएपछिको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
दक्षिणी अफगानिस्तानको सिन्काई जिल्लामा सो हेलिकोप्टर दुर्घटनाग्रस्त हुन पुगेको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको छ । प्राविधिक गडबडीका कारण सो दुर्घटना भएको उक्त मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानका एक सैनिक अधिकारीले दिएको जानकारीअनुसार सो हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटना हुन पुगेको हो ।
ती अधिकारीले उक्त हेलिकोप्टरलाई तालिवानहरुले आक्रमण गरेको नभई आफै दुर्घटना हुन पुगेको जानकारी गराएका छन् ।
तर तालिवान विद्रोहीले भने उक्त हेलिकोप्टरलाई रकेट लन्चरको प्रयोग गरी खसालेको दाबी गरेका छन् । उता अफगान सैनिकले भने तालिवानको सो भनाईको खण्डन गरेको छ ।
सो हेलिकोप्टर सैनिकको रहेको र त्यसमा चालक दलका पाँचजना सदस्यसहित १७ जना रहेका थिए ।

काठमाडौँ, २१ साउन । आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला काठमाडौँ सिनामङ्गल बस्ने ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई पक्राउ गरेको हो ।
उप्रेतीले २०६७ देखि २०६९ सालसम्म घरमा काम गर्न राखेकी बालिकालाई पटकपटक घरमा कोही नभएको मौका पारी ज्यान मारिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने गरेको सम्बन्धमा माइती नेपालका तर्फबाट जाहेरी दरखास्त दिएकामा काठमाडौँ जिल्ला अदालतको गत वर्ष कात्तिक २३ को फैसलाले आठ वर्ष कैद सजाय हुनुका साथै प्रतिवादीबाट पीडितले पाउने गरी रु एक लाख क्षतिपूर्ति दिलाई भराइदिनुपर्ने गरी फैसला गरेकोमा उप्रेती फरार रहेका थिए ।
यसैगरी, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पुनरावेदन अदालत राजविराजबाट गतवर्ष मङ्सिर २६ को फैसलाअनुसार एक वर्ष कैद र रु ५० जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रही हालसम्म फरार रहेका नुवाकोट बेलकोट गाविस घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन डेरा गरी बस्ने ४३ वर्षीय लीलाबहादुर तामाङलाई आज ब्युरोको टोलीले पक्राउ गरेको छ ।
सोलुखुम्बु जिल्ला, नेचाबतासे गाविस घर भई सिङ्गापुर बस्ने रिवाज राईको राहदानी हराएकाले सिङ्गापुरबाट नेपाल आउन नाबालक परिचयपत्र आवश्यक पर्ने भन्ने कुराको जानकारी लिई तामाङले रु २५ हजार लिएर २०६९ सालमा राईको नामको नक्कली नाबालक परिचयपत्र बनाइदिएका थिए ।

वीरगन्ज : झुटो मायाजालमा पारेर प्रेमीको एक करोड रुपैयाँ बढी ठगी गर्ने प्रेिमका जेलको बास बस्न पुगेकी छन् ।
वीरगन्ज मुर्लीका २५ वर्षीय आकाश सिकारियालाई माया प्रेमको झुटो आश्वासनमा परेर एक करोड ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ काठमाडौंकी युरिका ढकाललाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
बुधबार मूख्य न्यायाधीश भोलानाथ चौलागाईँको एकल इजलाशले युरिकालाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई बुधबार साँझ नै वीरगन्ज कारागार पठाइएको अदालतका तहसिल्दार शम्भु बस्नेतले जानकारी दिए । (अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा)
ठगीमा संलग्न युरिकाका बुबा हिक्मत ढकालसँग भने अदालतले १३ लाख रुपैयाँ धरौटी मागेको छ । युरिकाका भाइ मन्जिल ढाकाललाई साधारण तारेखमा रिहा गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ ।
आदलतले माग गरे बमोजिमको धारौटी रकम बुझाउन नसकेका कारण युरिकाका बुबा हिक्मतलाई पनि कारागार पठाइएको तहसिल्दार बस्नेतले जानकारी दिए ।
गीमा संलग्न युरिकाकी दिदी अरिका ढकाल महत भने फरार छिन् । पर्सा जिल्ला अदालतमा गत मंगलबार भएको बहसमा जिल्ला न्यायाधीधवक्ता भुवनेश्वर पौडेल, जाहेरवाला आकाशका तर्फबाट अधिवक्ताहरु वीरेन्द्र यादव, विनय सिंह र मुकुन्द अधिकारीले पैरवी गरेका थिए ।
प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरु प्रमोद साह, गाणेश बहादुर खत्री, मन्सुर सिद्धिक र राजन अधिकारीले बहश पैरवी गरेका थिए ।
यसअघि गत सोमबार भएको सरकारी वकिल र अदालत दुवैसँगको बयानका क्रममा युरिकाले आफुले आकाशसँग पटक पटक गरेर ७९ लाख रुपैयाँ लिएको स्वीकारेकी सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै दुवै बयानमा युरिकाका बुबा हिक्मतले पनि आफुले आकाशसँग ६ लाख ९० हजार रुपैयाँ लिएको सकारेका थिए ।
आकाश सिकारीया, पेट्रोलियम पर्दाथर्का व्यवसायी रामजी सिकारीयाका छोरा हुन् । युरिका झापाको अर्जुनधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् ।
युरिकाले प्रेमको झुठो जालमा पारेर आफुसँग एक करोड ६ लाख रुपैया ठगी गरेको भन्दै आकाशले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । आकाशको उजुरीको आधारमा पर्सा प्रहरीले युरिका, उनका बुबा हिक्मत र भाइ मन्जिललाई गत असार २८ गते ललितपुरबाट पक्राउ गरि तीनै जनाविरुद्ध ठगी मुद्धा दर्ता गरेको थियो ।
चार वर्ष देखिको प्रेमलाई साकार पार्न आकाशले काठमाण्डौमा रहेकी प्रेमीका युरिकालाई बिहेका लागि गत जेठ १० गते वीरगन्ज बोलाएका थिए । तर काठमाडौंबाट वीरगन्ज आएकी युरिकाले आफु अर्कैको पत्नी भएकाले बिहे नगर्ने बताएपछि आकाशले आफु ठगिएको थाहा पाएका थिए ।
अविवाहित भनिएकी प्रेमिका अर्कैकी पत्नी भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध ठगीको मुद्धामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।
आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका, उनका बुबा र भाइले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका थिए । ७९ लाख रुपैया बैंक र आइएमइमर्फत युरिका र उनकी दिदीको खातामा तथा बाँकी २७ लाख रुपैयाँ नगदै दिएको आकाशको भनाइ छ ।
उजुरीसँगै आकाशले युरिकाको बैंक खातामा रकम पठाएको बैंकको स्टेटमेन्ट, युरिकाले बनाएका दुईवटा नागरिकता लगायतका प्रमाण पनि पेश गरेका थिए ।
युरिकाको सात वर्ष पहिले काठमाडौँको महाबौद्ध निवासी भुपेन्द्र राजभण्डारीका छोरा लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेको थियो । उनका ६ वर्षका छोरा पनि छन् ।annapurnapost.com

एजेन्सी–धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ कि नायक सलमान खान र नायिका ज्याकलिन फनार्डिजबीच सम्बन्ध राम्रो छैन भन्ने । केहीदिन पहिले खबर आएको थियो कि सलमानले ज्याकलिनलाई ‘किक’को सिक्वेलबाट आउट गरिदिए । तर, ज्याकलिनका अनुसार उनीहरुको सम्बन्धमा अहिले पनि कुनै खराबी आएको छैन ।
हालै एक अन्तर्वार्तामा ज्याकलिनले भनेकी छन्, ‘ मान्छेहरुले हामी अलग भएको चर्चा गरेको सुन्दा मलाई हाँसो उठेर आउँछ । सलमानले कहिल्यै मेरो मात्र होइन कुनै पनि केटीको अपमान गर्दैन ।’ सलमानले आफूलाई ‘किक’बाट बाहिर राख्नुको अर्थ दुःख पु¥याउनका लागि नभएको उनको भनाइ छ । उनले भनिन्, ‘यो सलमानकै निर्णय भए पनि हाम्रो सम्बन्ध व्यवसायभन्दा माथि रहेको छ ।’
सलमानले आफ्नो आगामि फिल्म ‘जुगलबन्दी’मा प्रियंकाकी बहिनी परिणिती चोपडालाई दोहो¥याउने निर्णय गरेका छन् । ज्याकलिन यसका बारेमा सलमानले नै बताउन सक्ने भन्दै आफू उपयुक्त पात्र नभएको बताएकी छन् । उनले आफू सलमानको भएको र सलमानकै भइरहन चाहेको बताइन् ।
यी दुईले छिट्टै विवाह गर्नै चर्चा चले पनि अदालतबाट सफाइ पाएपछि सलमान विवाहको निर्णयबाटपछि हटेको खबर सार्वजनिक भएको छ ।
kathmandutoday.com

१९ वर्षीय युवा समातिए
धरान : धरान उपमहानगरपालिका–१४ विजयपुरमा एक सात वर्षीया बालिका पटक पटक बलात्कारको शिकार भएकी छन् ।
छिमेकी एक १९ वर्षीय युवाले घरमा बोलाएर पटक पटक बलत्कार गरेको उनका अविभावकले चालपाएपछि घटना बाहिर आएको हो ।
बालिका बलत्कार गरेको अभियोगमा १९ वर्षीय केशव गिरी पक्राउ परेका हुन् । बुधबार राति पक्राउ परेका उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
बालिका बलत्कृत भएको थाहा पाएपछि अविभावकले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले गिरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाएको डिएसपी सुदमकुमार सिजापतीले बताए ।
बलात्कृत बालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ । बालिकाको अवस्था खतरामुक्त रहेपनि मानसिकरुपमा विक्षिप्त भएकी छन् ।
गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही थालिएको डिएसपी सिजापतीले बताए । गिरीले बालीका बलत्कार गरेको स्विकारेका छन् ।

एजेन्सी : भारतको एक कलेजमा अध्ययनरत ऐश्वर्या नामकी एक युवतीले कलेज जान टाइट पाइन्ट लाउँदा ज्यानै गुमाउनुपरेको छ ।
महाराष्ट्रको कोल्हापुरमा बस्दै आएकी ऐश्वर्यालार्इ टाइट पाइन्ट लाएकै आधारमा उनका दाजुले ओङ्कारले कुटीकुटी हत्या गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार मानसिक समस्यामा रहेका दाजुले ओंकारले ऐश्वर्यालार्इ घरैमा कुटेर ज्यान लिएका हुन् । ऐश्वर्याले यसै साल ८४ प्रतिशत नम्बर ल्याइ स्कुलबाट उत्तीर्ण गरी कलेज जान थालेकी थिइन् । ओङ्कार आफ्नी बहिनी टाइट पाइन्ट लाएर कलेज गएको मन पराउँदैनथिए । मंगलबार ओङ्कार बहिनीको बेडरूममा पसेर बहिनीलार्इ टाइट लुगा नलगाउन चेतावनी दिए । यसपछि दुबैजनामा भएको विवादपछि ओङ्कारले बहिनीमाथि लात्ती र मुक्का बर्साउन थाले । दाजुबहिनीको झगडाका क्रममा आमाले चर्को स्वर सुनी ढोका ढक्ढक्याएकी थिइन् । ढोका खोलेर आमा छोरीको कोठामा पस्दा ऐश्वर्या अर्धचेत अवस्थामा लडेकी थिइन् । आमाले तत्कालै मद्धतका लागि गुहार मागेपछि ऐश्वर्यालार्इ उपचारका लागि तत्कालै अस्पताल लगियो । ओङ्कारलार्इ छिमेकीले तत्कालै प्रहरीको जिम्मा लगाए । उनले प्रहरीमा आफ्नो अपराध स्वीकारेका छन् । उनका नातेदार ओङ्कारको मानसिक विरामीसम्बन्धी प्रमाण पनि डाक्टरलार्इ दिएका छन् । त्यो कागजमा ओङ्कार मानसिक विमारी रहेको जनाइएको छ । annapurnapost.com