भूकम्पको जोखिम कायमै
काठमाडौं, श्रावण २२ । वैज्ञानिकहरुले नेपाल र भारतको केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । नेपालमा बैशाख १२ गते गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् ।


भौगर्भिक विज्ञानसम्बन्धी पत्रिका जियो साईन्स र साईन्सले दाबी गरेअनुसार बैशाख १२ गतेको भूकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन । तर उक्त भूकम्पले यो शक्तिलाई केही पश्चिमतर्फ धकेलेको बताइएको छ ।

अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाकलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार नेपालको पोखराबाट पश्चिमदेखि भारतको दिल्लीबाट उत्तरसम्म शक्तिशाली भूकम्पको जोखिम बढेको छ । यो क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

वैशाख १२ को भूकम्पले जमिनमुनि जम्मा भएको शक्तिको केही हिस्सा मात्रै बाहिर ल्याएको अध्ययन प्रतिवेदनको दाबी छ । योजत्रै वा योभन्दा पनि ठूलो शक्तिको हिस्सा भूकम्पको केन्द्रविन्दु भएको गोरखाको बारपाकभन्दा पश्चिमतर्फ सरेको वैज्ञानिकहरुको दाबी छ । Source: Image Khabar.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses